FAQs Complain Problems

समाचार

नगर शिक्षा कार्यालयको अभिमुखिकरण कार्यक्रम जन-प्रतिनिधी र सार्वजनिक विद्यालयका प्र.अ सहभागी हुने

Rama Devi rai
Budhanilkantha Municipality Education Office

बूढानिलकण्ठ नगरपालिका शिक्षा कार्यालयले आफ्नो भुमिका र यस बर्षको कार्यक्रमबारे अभिमुखिकरण कार्यक्रम सुरु गरेको छ। 'शिक्षा सम्बन्धी आ.व २०७४।०७५ को बजेट तथा कार्यक्रम अभिमुखिकरण गोष्ठी' नाम दिइएको कार्यक्रम ४ दिन सञ्चालन हुनेछ। प्रत्येक दिन २५-२५ जनाको दरले वडा नं-८ कार्यालय गोल्फुटारमा जनप्रतिनिधी तथा नगर भित्र रहेका सार्वजनिक विद्यालयका प्र.अ हरुको सहभागिता रहने कार्यक्रममा नगर शिक्षा कार्यालय प्रमुख नवराज नेपालको संयोजकत्वमा भइरहेको छ।

यस अघि हिजो कार्यक्रमको औपचारिक उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी उप-प्रमुख रमा देवि राईले ''नगरको शिक्षा बारे हामिले जान्नु पर्ने आवश्यकता रहेको र, यो तालिमले जनप्रतिनिधि हरुलाई शिक्षाको अवस्था बुझ्न सहयोग गरोस् र नगरको शिक्षा अवस्था कस्तो भन्ने दिशावोध हुनेछ' भन्दै आफ्नो विश्वास व्यक्त गर्नु भयो ।

#MunicipalEducationOffice
#OrientationToRepresentative