FAQs Complain Problems

समाचार

बूढानिलकण्ठ नगरपालिका भित्र सञ्चालित विद्यालयहरुले कक्षा ११ मा वितरण गर्नुपर्ने छात्रवृत्ति सम्बन्धि सूचना

श्री बूढानीलकण्ठ नगरपालिका भित्र

कक्षा ११ सञ्चालन गर्ने  सबै विद्यालयहरु

            प्रस्तुत विषयमा शिक्षा विभाग सानोठिमीको च.न. २६ मिति २०७५।०३।१० को प्राप्त पत्रानुसार कक्षा ११मा भर्ना भएका विद्यार्थीहरुलाई दिईने छात्रवृत्ति तपशिल बमोजिम गर्न गराउनु हुन यस नगरपालकाको मिति २०७५।०४।०७ को निर्णयानुसार अनुरोध छ।

तपसिल:

  • विद्यालयमा एक छात्रवृत्ति वितरण तथा व्यवस्थापन समिति देहाय अनुसार गठन गर्ने ।
  1. ​विद्यालयका व्यवस्थापन समितिको अध्यक्ष वा संस्थापक वा सञ्चालक समितिको प्रमुख वा निजले तोकेको समितिको सदस्य: संयोजक
  2. संम्बन्धित वडा कार्यालयको प्रतिनिधि: सदस्य
  3. नगरपालिका शिक्षा शाखा प्रतिनिधि: सदस्य
  4. विद्यालयको अभिभावक मध्ये एक जना प्रतिनिधि: सदस्य
  5. विद्यालयको प्र.अ : सदस्य सचिव
  • विद्यालयमा शैक्षिक शत्र २०७५।७६ मा कक्षा ११ मा भर्ना भएका कुल विद्यार्थी संख्याको ५%  छात्रवृत्ति कोटा सुनिश्वित गर्नुपर्ने। प्रत्येक संकायको लागि संकयागत रुपमा ५% कोटा निर्धारण गर्नुपर्नेछ । यसरी निर्धारण गरिएको कोटा लाई सत प्रतिशत मानी कुल कोटा संख्याको ६०% सामुदायिक विद्यालय तथा ४०% संस्थागत विद्यालयबाट एस.इ.इ. परीक्षा उत्तीर्ण गरेका विद्यार्थीको लागि छुट्टाउनुपर्नेछ।
  • यसरी निर्धारण भएको कुल छात्रवृत्ति कोटा संख्यालाई सत प्रतिशत मानी देहाय बमोजिमको आरक्षण कोटा निर्धारण गर्ने।
  1. जेहेन्दार : ५०%
  2. विपन्न: २५%
  3. जनजाति: १०%
  4. दलित:५%
  5. अपाङ्ग: ३%
  6. शहिद परिवारका सन्तति: ३%
  7. जनआन्दोल, मधेश आन्दोलन , वेपत्ता परिवार तथा द्धन्द पिडित परिवारको सन्तति: ४%

प्रत्येक आरक्षण कोटा अन्तरगत ५० % कोटा छात्राहरुको लागि सुरक्षित गर्ने। 

  • यसरी निर्धारण भएको कोटा अन्तरगत विद्यालयले छात्रवृत्तिको लागि सूचना जारी गरी  विद्यालयमा भर्ना भएका विद्यार्थीहरुबाट आवेदन लिने । एक जना विद्यार्थीबाट एउटा आरक्षण कोटामा मात्र आवेदन लिने व्यवस्था गर्ने। सूचनामा परीक्षा मिति, समय, स्थान, परीक्षाको पाठ्यक्रम, पूर्णाङ्क जस्ता विषयहरु स्पष्ट उल्लेख गर्ने व्यवस्था गर्ने।
  • प्राप्त निवेदनहरु संक्लन पश्चात छात्रवृत्तिको लागि प्राप्त निवेदनहरुको संक्षिप्त जानकारी नगरपालिका शिक्षा शाखामा उपलब्ध गराउने।
  • प्रकाशित सूचनामा उल्लेखित मितिमा परीक्षा सञ्चालन गर्ने । परीक्षाको अनुगमन कार्यको लागि बूढानीलकण्ठ नगरपालिका शिक्षा शाखा तथा संम्बन्धित वडा  कार्यालयमा पत्राचार गरी जानकारी गराउने।
  • परीक्षा लिएको एक हप्ता भित्रमा छात्रवृत्तिको समितिको निर्णय अनुसार  नतिजा  प्रकाशन गर्ने र सोको जानकारी सम्बन्धित वडा कार्यालय तथा बूढानीलकण्ठ नगरपालिका शिक्षा शाखामा उपलब्ध गराउने ।
  • कुनै कारणवस कुनै आरक्षण कोटा पूर्तिहुन नसकेमा सो कोटा जेहेन्दार कोटामा परिणत गर्नको लागि छात्रवृत्ति वितरण तथा व्यवस्थापन समितिबाट  निर्णय गराउने।
  • छात्रवृत्ति वितरण समिति वाट सिफारिस भएका विद्यार्थीहरुलाई नियमानुसार नि:शुल्क शिक्षाको व्यवस्था गर्ने।

बूढानीलकण्ठ नगरपालिका

शिक्षा शाखा 

बोधार्थ:

श्री बू.न.पा.,वडा कार्यालयहरु सबै:- आफ्नो कार्यक्षेत्र भित्रका विद्यालयहरुमा छात्रवृत्ति वितरण सम्बन्धमा सहजीकरण तथा अनुगमन कार्य गरी सहयोग पुर्‍याईदिनुहुन ।