FAQs Complain Problems

बूढानीलकण्ठ नगरको दृश्य

Read More

भद्रकाली जात्रा मनाउदै

Read More

पर्यटकीय क्षेत्र

Read More

बूढानिलकण्ठ नगरपालिका यहाहरुको हार्दिक स्वागत गर्दछ।

संक्षिप्त जानकारी

बूढानिलकण्ठ नगरपालिका एउटा प्रशिद्ध धार्मिक सम्पदाको नामबाट नामकरण भएको देशकै महत्वपुर्ण स्थानीय सरकार हो । नेपालको राजधानी काठमाडौँका ११ वटा नगरपालिकामध्ये ९महानगरबाहेक० जनसङ्ख्याको आधारमा सबैभन्दा ठूलो यस नगरपालिकाको उत्तरतर्फ नुवाकोट जिल्लाको गाउँपालिकासँग जोडिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, दक्षिणमा काठमाडौँ महानगरको वडा नं ३, ४, ६, ७ र टोखा नगरपालिकाको वडा(४ धापासी रहेको छ । त्यस्तै, पश्चिमतर्फ टोखा नगरपालिका पर्दछ । पूर्वतर्फ गोकर्णेश्वर नगरपालिका र का।म।न।पा वडा नं ६ सँग जोडिएको छ । साविकका चपली भद्रकाली, विष्णु बूढानिलकण्ठ, खड्का भद्रकाली, महाङ्काल, चुनिखेल र कपन गरी ६ गा।वि।स मिलेर बनेको यस नगरपालिकामा वि।सं २०६८ को तथ्याङ्क अनुसार १,०७,९१८ जनसङ्ख्या रहेको र हाल करीब २ लाख जनसङ्ख्या बसोबास गर्दछन् ।आवासीय क्षेत्र धेरै रहेको यस नगरलाई १३ वडामा विभाजन गरीएको छ । 
उत्तरतर्फ शिवपुरी पर्वत श्रृङ्खला, हरियाली जङ्गल करिब ३ कि।मी दुरीमा फैलिएको भिराला भूभाग रहेको छ । दक्षिण तर्फ समथर उर्वर भुभाग रहेकोमा धेरै ठाउँ बाक्लो वस्तीले ढाकेको र केही खाली क्षेत्रहरूमा समेत क्रमश नयाँ वस्तीहरू निर्माण हुने क्रममा रहेको छ । यस क्षेत्रबाट विष्णुमती, रूद्रमती, धोवीखोला, यज्ञमती जस्ता नदी, खोलाहरू प्रवाहशील छन् । बिचका केही भागहरूमा सार्वजनिक सामूदायिक जगंलहरू र सार्वजनिक जग्गामा रहेका परम्परागत हरियाली क्षेत्र समेत रहेका छन् । 
यस नगरपालिका भित्र प्रसिद्ध बूढानिलकण्ठ मन्दिर, चण्डेश्वरी मन्दिर, रूद्रेश्वर, भद्रकाली, पञ्चकन्या, शिव , कृष्ण जस्ता देवदेवीका मन्दिरहरू रहेका छन् । बौद्ध मार्गीहरूका चर्चित आनीगुम्बा लगायत बौद्ध मठहरू रहेका छन् । त्यस्तै, विभिन्न धर्मावलम्बीहरूका आस्थाका केन्द्रहरू समेत रहेका छन् । 
निर्वाचन पश्चात् गठन भएको नगर कार्यपालिकाले जनतालाई सुशासनको प्रत्याभूति दिने आफ्नो नीति अनुरूप पहिलो बैठक बाट निर्णय गराई हाल संयुक्त स्थानमा सञ्चालन रहेका वडा कार्यालयहरूलाई यही श्रावण १ गतेबाट जनतालाई पायक पर्ने  छुट्टा छुट्टै स्थानमा १३ वटा वडा कार्यालय स्थापना गरी सेवा प्रवाह गराउन प्रयत्न गरेका छौँ ।

सूचना तथा समाचार

जनप्रतिनिधिहरु

उद्धव प्रसाद खरेल
नगर प्रमुख
९८५१२६९१११
रमा देवी राई
उप– प्रमुख
९८४१३५५४०२

पदाधिकारी

श्री नारायण प्रसाद रिसाल
प्रमुख प्रशासकिय अधिकृत
९८५१२४०८५८

सूचना अधिकारी

शम्भु कुमार थापा
सूचना अधिकारी
9851240358

जानकारी तथा अनुरोध

जानकारी