Flash News
नगर सभाको १२ औं अधिवेशन
बूढानीलकण्ठ, असार ०७, २०८०।
बूढानीलकण्ठ नगरपालिका नगर सभाको १२ औं अधिवेशन नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा असार ०७ गते (आज) बाट सुरु भएको छ । सभामा नगरप्रमुख, उपप्रमुख, नगरसभा सदस्य लगायत नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेकाे थियो ।
सभामा नगर प्रमुख अधिकारीले बुढानीलकण्ठ नगरपालीकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी, उपप्रमुख अनिता लामाले नगरपालीकाको आर्थिक विधेयक २०८०, विनियोजन विधेयक, २०८० तथा नगरपालिकाको अनुमानित आय व्ययको विवरण पेश गर्नुभयो ।
नगर कार्यपालिकाद्वारा तयार गरि पारित गरिएको आ.व २०८०/८१ को अनुमानित आय रू. २,८८,१३,००,०००/- (अक्षरेपी रु दुई अर्ब अठासि करोड १३ लाख मात्र) र अनुमानित व्यय तर्फ रू. २,८८,१३,००,०००/- (अक्षरेपी रु दुई अर्ब अठासि करोड १३ लाख मात्र) रहेको छ । यस उपर, सभामा विभिन्न वडाहरूबाट प्रतिनिधीत्व गर्दै वडा अध्यक्ष तथा वडा सदस्यहरूले विभिन्न जिज्ञासा तथा सुझावहरू पनि राख्नु भएको थियो ।