FAQs Complain Problems

असर सर्भेको लागी स्वयंसेवक आवेदन खुल्ला

बूढानिलकण्ठ नगरपालिकाले आफ्नो क्षेत्रको शिक्षाको स्तर थाहा पाउनको लागि सर्भे मार्फत जानकारी संकलन गर्न असर नेपाल संग सहकार्य गर्दैछ। नगरपालिकाले यस सर्भेबाट आउने जानकारीहरुलाई शिक्षाको गुणस्तर बढाउने गरि स्थानीय तहको नीति निर्माण, कार्ययोजना तर्जुमा र बजेट बिनियोजन गर्ने कार्यमा प्रयोग गर्नेछ।  हाल एसिया, अफ्रीका र दक्षिण अमेरिकाका १४ देशमा नागरिक स्तर बाट संचालित अभियानहरु मध्ये असर नेपाल पनि एक हो।  

यस अन्तर्गत सर्भे हुने समुदायका युवा करिब १५६ जना स्वयंसेवकहरु छानेर र तालिम दिएर त्यस क्षेत्रका बिद्यालयहरुको अवलोकन र बालबालिकाहरुको जाँच  गर्न लगाइन्छ।  स्वयमसेवकहरुलाई ५ दिनको सर्भेको तरिका रअध्ययन गर्ने बिधिको बारेमा बिस्तृत तालिम दिइन्छ। बुढानिलकण्ठ नगरपालिकामा असर सर्भे संचालन गर्नका लागि सोहि नगरपालिकाका बासिन्दा अथवा अन्यत्र बाट उक्त क्षेत्रको कलेजमा आई अध्ययनरत इच्छुक युवाहरुलाई स्वयंसेवक बनि तालिम र अध्ययन कार्यमा भाग लिनका लागि यो आवेदन आब्हान गरिएको छ। 

 यस क्रममा उनीहरुलाई खाजा, यातायातखर्च र सहभागिताको प्रमाणपत्र दिइनेछ। र यसवाट प्राप्त तालिम र अनुभवले ति युवाहरुकोलागी नेपालमा संचालन हुने असर नेपाल वा अन्य यस्तै खालको राष्ट्रिय तथा अन्तरास्ट्रिय कामहरु गर्न मौका दिन सक्नेछ।   

आवेदनका लागीः  https://docs.google.com/forms/d/e/1FAIpQLSd6fmyaSwO2-jAsY3TgW_WV2ZzD72Lg... लिन्कमा गएर आफ्नो जानकारी टिपाउन सक्नु हुनेछ।