Flash News
नगर सभामा बजेट पेश
असार २९, बूढानिलकण्ठ
प्रथम नगर सभामा रु ७० करोड ९७ लाख ८६ हजार ६ सय १० को बजेट पेश
केहि नौला कार्यक्रम गर्ने प्रयास
बूढानीलकण्ठ नगरपालिकाले प्रथम नगर सभा समक्ष रु ७० करोड ९७ लाख ८६ हजार ६ सय १० को आय व्यय प्रस्तुत गरेको छ। नगर प्रमुख उद्दव खरेलले हरियाली प्रवर्द्धनका कार्यक्रम, सार्वजनिक जग्गा संरक्षण, पर्यावरण, युवा विद्यार्थी लक्षित, र दिगो विकास निर्माण प्राथमिकतामा राखेर आज बजेट पेश गरेका हुन्।
बजेटमा नगर युवा संसदको अवधारणा, नगरस्तरीय Research and Development शाखा, युवा परिचालन कार्यक्रम जस्ता केही नौला कार्यक्रमलाई पनि समावेश गरीएका छन। सार्वजनिक निजि साझेदारीमा गर्न सकिने खोज, अनुसन्धान, अध्ययन, निर्माण र परियोजना सञ्चालनमा ध्यान दिइएको छ। त्यस्तै, नगरपालिकाको भौतिक निर्माण, क्षमता विकास मा पनि ध्यान दिइएको छ।
बजेटले सामाजिक विकासको क्षेत्रलाई पनि राम्रो स्थान दिएको छ। खेल पुर्वाधार, बाल मैत्री नगर निर्माण, सफा, सुन्दर र सुरक्षित शहर निर्माण गर्ने अवधारणा सहित थुप्रै कार्यक्रम लाई राखिएको छ। बजेटले समग्रमा केही दिशा निर्दिष्ट गर्न खोजेकोआभाष दिएको छ।
नगरसभाको अध्यक्षता नगर उप प्रमुख रमा देवी राईले गर्नु भएको थियो। सुरुवातमा कार्यकारी अधिकृत विश्व मरासिनीले उद्घोषण गर्दै सदस्य, अतिथी, आमन्त्रित, सहभागी हरुलाई आसन ग्रहण गराउनु भएको थियो। सांसद राजन भट्टराई को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न राजनितिक दलका नगरस्तरीय नेता हरू, सुरक्षा निकायका प्रमुख, विषयगत कार्यालयका प्रमुख, विद्यालय प्रधान अध्यापक, वडा नागरीक मञ्चका प्रतिनिधी, नागरी सचेतना केन्द्र टोल विकास समितीका प्रतिनिधी, महिला समुह, कर्मचारी हरुको उपश्थिती रहेको थियो।
सभाको अध्यक्षता गर्ने क्रममा उप प्रमुख रमा देवी राईले सम्बोधन गर्दै 'आम जनताले टेलिभिजनमा देखेको र सुनेको संसद सभा र त्यसमा पेश हुने बजेटको अभ्यास अब आफ्नै स्थानिय तहमा गर्न पाउँदा बूढानीलकण्ठको विकासका लागी निकै ठुलो अवसर प्राप्त भएको बताउनु भयो।'
News Copied from Hamrobudhanilkantha.com