FAQs Complain Problems

बुढानीलकण्ठमा पहिलो पटक ‘साहित्यिक, सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने

बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक, सांस्कृतिक महोत्सव २०८०’ को आयोजना हुने भएको छ।

बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा यहि फाल्गुन ११ र १२ गते गरी दुई दिने महोत्सव हुने भएको हो ।

पहिलो दिन फाल्गुन ११ गते शुक्रबारको दिन बु.न.पा. १३ स्थित चुनिखेलमा आयोजना हुँदैछ भने दोस्रो दिन क्रमशः बु.न.पा. ३ स्थित विश्व प्रसिद्ध तीर्थस्थल बुढानीलकण्ठ मन्दिर परिसरमा महोत्सवको आयोजना हुनेछ ।

महोत्सवको प्रस्तावित ढाँचा अनुरुप राष्ट्रिय कलाकारहरु, कवि, संस्कृतिविद्, विभिन्न विद्यालयका विद्यार्थीहरु, विभिन्न नगरपालिकाका प्रमुखहरुकाबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रंगमञ्च लगायत सम्पूर्ण विधा तथा क्षेत्रहरुलाई समेट्दै छलफल, बहस तथा अन्तरक्रियाको कार्यक्रमहरु महोत्सवमा समेटिएका छन् ।

त्यस्तै राष्ट्रिय स्तरका साहित्यकारहरुद्वारा आफ्नो कविता तथा साहित्य रचनाहरुको प्रस्तुति, राष्ट्रिय तथा स्थानीय सांस्कृतिक झाँकीहरुको प्रस्तुतिहरु समेटिनेछन् ।