FAQs Complain Problems

नगरबासीमा अनुरोध

नेपाल सरकार बूढानीलकण्ठ नगरपालिका कार्यालय गोल्फुटार, काठमाण्डौ सार्वजनिक सूचना “ फोहोर मैला व्यवस्थापन ऐन २०६८ को दफा २ (ण) मा सार्वजनिक स्थलमा टाँसीएको पोष्टर, पम्प्लेट समेत फोहोर मैलाको परिभाषा भित्र पर्ने र फोहोरमैला संङ्कलन भन्नाले सार्वजनिक स्थलमा टाँसिएको पोष्टर पम्प्लेट उप्काई संकलन गर्ने कार्य सम्झनुपर्ने ” भनि उल्लेख भए अनुसार यस नगरले भविष्यमा शहरी सौन्दर्य सम्बन्धि कार्यक्रम संचालन गर्ने भएकोले यो सुचना प्रकाशित भएको मिति देखि १५ दिन को समय भित्र पोस्टर (मनोरन्जन, सिनेमा वा जुनसुकै पोष्टर ) पम्प्लेट, फ्लेक्स तथा अन्य विज्ञापनका सामाग्रीहरु सार्वजनीक स्थानबाट हटाएर सहयोग गरिदिनु हुन सम्पूर्ण बूढानीलकण्ठ नगरबासीमा अनुरोध गर्दछौ । यस सूचनालाई अटेर गरि कार्य गरेको पाइएको कानुन बमोजिम कार्यवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ । बूढानीलकण्ठ नगरपालिका कार्यालय वातावरण शाखा