FAQs Complain Problems

सौर्य सडक बत्ति सम्बन्धि सुचना

नेपाल सरकार (मन्त्री परिषदको) को मिति २०७२/१०/८ को बैठकबाट “जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम सञ्चालन कार्यविधी ”, २०७२ स्विकृत भएको छ। सो कार्यविधिमा व्यवस्था भए बमोजिम नगरपालिका क्षेत्र भित्रका उपभोक्ता समितिहरु, नागरिक सचेतना केन्द्र , टोल विकास संस्था र सार्वजानिक निकायलेतोकिएको लागत सहभागितामा सौर्य सडक बत्ति कार्यक्रम संचालनका लागि संलग्न फारमहरु भरि २०७२ फागुन मसान्त भित्र यस नगरको कार्यलयमा बुझाउनु पर्ने छ। उक्त फारमहरु यस नगरपालिकाको कार्यलयको वातावरण शाखामा उपलब्ध भएकाले संबन्धित सबैमा यस शाखामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं। बूढानीलकण्ठ नगरपालिका वातावरण शाखा