राष्ट्रिय योग दिवसको अवसरमा यस बुढानिलकण्ठ नगरपालिका कार्यालयको आयोजनामा तथा वडा नं १० को कार्यालय र योग केन्द्रहरुको सह-आयोजनामा मिति २०७४।१०।०६ गते शनिवारका दिन विहान ७ बजे बूढानिलकण्ठ नगरपालिका वडा नं १० मिलन चोक स्थित बाल उद्धार मा.बि.मा योग संञ्चालन हुने हुँदा उपस्थितिको लागी अनुरोध छ।
यही मिति २०७४।१०।५ गतेका दिन यस बूढानीलकण्ठ नगरपालिकाको कार्यालयको आयोजनामा हुन गई रहेको योग शिविरको लागी यस नगरपालिका भित्र रहेका योग स्थलका जानकारी यथाशिध्र यस नगरपालिकाको कार्यालय,सामाजिक विकास शाखामा उपलब्ध गराईदिनुहुन अनुरोध छ।
बूढानिलकण्ठ नगरपालिका शिक्षा कार्यालयले आफ्नो भुमिका र यस बर्षको कार्यक्रमबारे अभिमुखिकरण कार्यक्रम सुरु गरेको छ। 'शिक्षा सम्बन्धी आ.व २०७४।०७५ को बजेट तथा कार्यक्रम अभिमुखिकरण गोष्ठी' नाम दिइएको कार्यक्रम ४ दिन सञ्चालन हुनेछ। प्रत्येक दिन २५-२५ जनाको दरले वडा नं-८ कार्यालय गोल्फुटारमा जनप्रतिनिध